काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले आगामी छ महिनाभित्र नयाँ पर्यटन ऐन ल्याइने बताएका छन् ।
प्यासिफिक एशिया ट्राभल एशोसियशन (पाटा) नेपाल च्याप्टरको ४२औँ वार्षिक साधारणसभाको हिजो काठमाण्डौँमा उद्घाटन गर्दै उनले पर्यटन क्षेत्रको समग्र सुधारका लागि पुराना ऐनका केही महत्वपूर्ण विषयलाई समेत समेटेर नयाँ ऐन ल्याउने तयारी गरिएको उल्लेख गरे ।
पर्यटनमन्त्री अधिकारीले पर्यटन क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिएर त्यसअनुरुपका सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
उहाँले पर्यटन क्षेत्रको प्रवद्र्धन एवं विकासका लागि निजी क्षेत्रको सहकार्य र लगानीको वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै पाटा नेपाल च्याप्टर द्वारा सफलता पूर्वक आयोजित हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेको उल्लेख गरे।
मन्त्री अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन उत्साहजनक रहेको बताए। रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.