ताण्डव न्यूज, पोखरा ।
नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्स इन्डियन प्रिमिएर लिग ९ आइपीएल० क्रिकेटमा शु्क्रबार कोलकता नाइट राइर्डससँग प्रतिस्पर्धा गर्दैछ ।
आइपीएलको २६ औं तथा आफ्नो ७ औं खेलमा दिल्ली कोलकताविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । कोलकताको घरेलु मैदान इडेन गाडेन्समा खेल बेलुका ८:१५ बजे सुरू हुनेछ।
दिल्ली चौंथो जितको खोजीमा रहँदा कोलकता शीर्षस्थानका लागि संघर्षरत छ । युवा खेलाडीमा प्रेरित दिल्लीले पछिल्ला खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । पछिल्ला चारै खेलमा स्थान बनाएका नेपाली युवास्टार सन्दीपबारे शुक्रबार पनि समथर्कमा उत्तिकै चासो छ । प्रत्येक खेलमा विकेट लिएका सन्दीपले उत्कृष्ट बलिङ भने गर्न सकेका छैनन् ।
सुरुआती २ खेलमा किफायति बलिङ गरेका उनी पछिल्ला खेलमा भने महंगो सावित भएका थिए । पछिल्ला खेलमा उनले गरेको प्रदर्शनका आधारमा कप्तान श्रेयस ऐयरले उनलाई टोलीमा समावेश गर्नेबारे समर्थकमा चासो छ । सन् २०१८ को आइपीएलबाट डेब्यू गरेका सन्दीपले यो सिजनमा ५ विकेट लिएका छन् ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.