www.tandavnews.com
Fact ~ In search of truth

महरालाई म्याद थपका लागि आज अदालत उपस्थित गराइँदै

काठमाडौं ।

प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख तथा सांसद कृष्ण बहादुर महरालाई आज म्याद थपका लागि काठमाडौं अदालतमा उपस्थित गराइने भएको छ । महरा यौन दुर्व्यवहारको आरोपमा असोज १८ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाटै पक्राउ परेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंको अनुसार आज दिउँसोसम्ममा अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।महरामाथि अनुसन्धानका लागि २० दिनको म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ । यसमा महराको पक्राउ गरेको दिनदेखिको समय जोडिनेछ ।

महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।म्याद थप भएपछि अस्पतालले उनलाई डिस्चार्ज नगरेकाले फेरि अस्पतालमै भर्ना गरिने जनाइएको छ ।महरामाथि असोज १२ गते आइतबार संसद सचिवालयमै कार्यरत महिला कर्मचारी रोशनी शाहीकै कोठामा गएर यौन दुर्व्यवहार गरेको आरोप छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.