www.tandavnews.com
Fact ~ In search of truth

देशका १२ स्थानमा विषादी परीक्षण प्रयोगशाला राख्ने सरकारको तयारी

काठमाडौं ।

छिमेकी राष्ट्र भारतबाट विषादीयुक्त तरकारी भित्रिएपछि परीक्षण गरेर मात्रै तरकारी भित्राउने सरकारको निर्णयले गति लिने भएको छ ।

चार महिनाअघि सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गरेर मात्रै ल्याउन दिने निर्णय गरेलगत्तै १ साता भारतबाट तरकारी आउन ठप्प भएको थियो।
अहिले सरकारले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने तयारी गरेको छ ।

सरकारले देशका मुख्य भन्सार नाकाहरूमै तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने प्रयोगशाला राख्ने भएको हो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ स्थानमा प्रयोगशाला राख्ने तयारी गरेको जनाइएको छ ।

नेपालमा खाद्य तथा पेय पदार्थ आयात हुने वीरगंज, काकडभिट्टा, भैरहवा, विराटनगर, तातोपानी, केरुङलगायत मुख्य भन्सारमा विषादी परीक्षण गर्ने प्रयोगशाला राखिने विभागले जनाएको छ ।विभागको अनुसार चालु आर्थिक वर्षभित्रै ती स्थानमा जनशक्तिसहित प्रयोगशाला राख्ने तयारी छ। त्यसका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइ सकिएको विभागले जानकारी दिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.