काठमाडौं ।
नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।
काठमाडौँको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जिते । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेका हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरे।
साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेका थिए। त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जिते ।
उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गरे । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारे । उनले निर्धारित दूरी १ मिनेट ३६।२९ सेकेण्डमा पूरा गरे। यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.