काठमाडौं ।
लकडाउन जेठ ५ सम्म लम्ब्याउने सरकारले निर्णय गरेको छ।
आज बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको हो।कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो।
नेपालमा लकडाउनकै अवधिमा कोरोनाको संक्रमण बढिरहेको छ। हाल संक्रमितको संख्या ८२ पुगीसकेको छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र संक्रमित भेटिएका थिए।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.