पोखरा ।
कोभिड १९ संक्रमण फैलन नदिन सरकारले लामो समय गरेको लकडाउनलाई केही खुकुलाे बनाउने भएको छ । मन्त्री परिषद्को निर्णयबारे जानकारी दिँदै प्रवक्ता डा. युवराज खतिवडाले मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइने बताए ।
साइकल र पैदल यात्रा समेत खुला गर्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि जोर, बिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने जानकारी दिइएको छ। नर्सरी र व्यवसाय उद्यम तथा विकास आयोजनाका सबै काम समेत खुला गर्ने जानकारी दिइएको छ।
काठमाडौ उपत्यकाभित्र, अन्य जिल्लाभित्रमा जोरबिजोर प्रणालीमा निजी सवारी साधनसमेत संचालन गर्न सकिने सरकारले स्पष्ट पारेको छ। क्वारेन्टाइनमा सञ्चालित होटल बाहेक अन्य नखुल्ने तर प्याकिङ गरी अन्यत्रै पठाउने सेवालाई भने संचालन गर्न दिने सरकारले निर्णय गरेको छ।
यो क्रम तीन साता चल्ने तर परिस्थिति हेरेर हेरफेर हुन सक्ने प्रवक्ता खतिवडाले जानकारी दिए।
यस्तैगरी डिपार्टमेन्ट स्टोर खुला गर्ने तर सपिङ मल खुला नगर्ने निर्णय गरेको छ। डिपार्टमेन्ट स्टोरबाट आधारभूत आवश्यकताका सेवा प्रवाह हुने भएकाले खोल्ने निर्णय गरिएको प्रवक्ता डा खतिवडाले जानकारी दिए। भिडभाड नियन्त्रण गर्न पहिलो चरणमा सपिङ मल खुला नगर्ने निर्णय गरेको सरकारले बताएको छ।
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.