टोक्यो ।
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले कोरोनाभाइरसका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नेगरी मंगलबार थप आर्थिक प्याकेज ल्याइने घोषणा गर्नु भएको छ ।
सरकार र सत्तारुढ पार्टीको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री सुगाले रोजगारी कायम राख्ने, व्यवसायलाई निरन्तरता दिने, अर्थव्यवस्थालाई पुनर्जीवित तुल्याउने तथा हरित एवं डिजिटल प्रविधि लगायतको विकासको ढोका खोलिने बताए ।
उनले सरकारले अघि सार्न लागेको आर्थिक प्याकेज ७०७ अर्ब अमेरिकी डलरको हुने जानकारी दिए । यस आर्थिक प्याकेजबाट कोभिड–१९ महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने प्रधानमन्त्री सुगाले विश्वास व्यक्त गरे ।
आजै मंगलबार मन्त्री परिषदको बैठकले नयाँ आर्थिक प्याकेजलाई अनुमोदन गर्नेछ ।
(रासस–सिन्ह्वा)
––
© 2020, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.