www.tandavnews.com
Fact ~ In search of truth

पत्नी सीताको उपचारका लागि प्रचण्ड हिँडे भारत

काठमाडौं
ताण्डव न्यूज ।

नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल सोमबार भारतको दिल्ली प्रस्थान गरेका छन् । लामो समयदेखि विरामी रहेकी पत्नी सीता दाहालको उपचारका लागि उनी त्यस्तर्फ गएका हुन् ।

अमेरिका, सिंगापुर र भारतमा यसअघि उपचार गरिएपनि दाहालपत्नी सिताको स्वास्थ्यमा उल्लेख्य सुधार आउन नसकेपछि फेरि मुम्बई लैजाने निधो भएको हो ।

Batas

नेपालबाट मुम्बईसम्म सीधा हवाई उडान नभएकाले पहिले दिल्ली जाने र त्यपछि मुम्बई पुग्ने कार्यक्रम छ । यसअघि प्रचण्डले आइतबारको स्थायी कमिटी बैठकमा पत्नीको उपचारका लागि आँफू मुम्बई जान लागेको भन्दै सदस्यहरुलाई जानकारी गराएका थिए ।

आमाको उपचारका लागि छोरीहरू मात्र पठाउन खोजेको भए पनि सीताले प्रचण्डलाई पनि संगै जाने प्रस्ताव गरेपछि प्रचण्ड पनि त्यसतर्फ गएको पारिवारिक श्रोतले जनाएको छ ।

 वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.