www.tandavnews.com
Fact ~ In search of truth

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आजदेखि

काठमाडौँ,
ताण्डव न्यूज ।

गैरआवासीय नेपाली संघ (एनआरएनएं को विशेष महाधिवेशन आज (शनिबार)देखि भर्चुअल विधिबाट सुरू हुँदैछ ।

भोलिसम्म चल्ने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा नवौँ महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र विधान संशोधनको साझा प्रस्तावमाथि छलफल गरेर पारित गरिने संघले जनाएको छ ।

Batas

महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन् । उद्घाटन कार्यक्रपछि संघको विज्ञ सम्मेलन २०२० बाट तयार पारिएको स्वेत पुस्तिका नेपाल सरकारलाई हस्तान्तरण गरिनेछ । विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुङ्गिएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.