www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली नेतृत्वको सरकार गठन भएको तीन वर्ष पूरा

काठमाण्डौँ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भएको छ । २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सोही वर्षको फागुन ३ गते प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।प्रधानमन्त्री ओलीले आज बिहान साढे १० बजे सिंहदरबारस्थित आफ्नो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।

पत्रकार सम्मेलनमा उनले बितेका तीन वर्षमा सरकारले प्राप्त गरेका उपलब्धिबारे जानकारी दिने बताइएको छ । दुई तिहाई बहुमतले बनेको नेकपाको सरकार अहिले काम चलाउ जस्तै बनेको छ । पार्टी विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि चौतर्फी आलोचना भइरहेको छ भने सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी परेको रिटमाथि बहस जारी छ । सरकारले प्रतिनिधि सभा विघटन गरेपछि वैशाख १७ र २७ का निर्वाचनको मिति समेत तोकिसकेको छ ।

Batas

आजको पत्रकार सम्मेलनअघि १० बजे प्रधानमन्त्री ओलीले २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति गरेको सिंहदरबारको उदघाटन गर्ने कार्यक्रम पनि रहेको छ। सिंहदरबारलाई रेट्रोफिट गरी पुरानै अवस्थामा फर्काइएको छ।भूकम्पले क्षति गर्नुअघि प्रधानमन्त्री कार्यालय सोही भवनमा रहेको थियो। भूकम्पले क्षति गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरबार परिसरभित्रैको अन्य भवनमा सरेको थियो। आज उद्घाटनपछि प्रधानमन्त्री कार्यालय पुरानै स्थान सिंहदरबारबाट सञ्चालनमा आउनेछ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.