www.tandavnews.com
Fact ~ In search of truth

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाण्डौं,
ताण्डव न्यूज ।

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजेका लागि तय भएको आजको बैठकमा दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची मात्रै रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गरिनेछ ।

Batas

काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो । यस्तै आजको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७६–२०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ भने सभापति खड्काले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.