बुद्ध एयरले पोखराबाट पाँच नयाँ गन्तव्यमा उडान गर्ने भएको छ।
बुद्धले अबदेखि पोखरा-भैरहवा, पोखरा-सिमरा, पोखरा-नेपालगञ्ज,पोखरा-विराटनगर र भरतपुर-भैरहवा उडान गर्ने घोषणा गरेको छ।
यही मे १ देखि यी गन्तव्यमा हप्ताको तीन उडान हुने छ । यात्रुको चाप बढ्दै गएपछि दैनिक उडान गर्ने एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सले नयाँ गन्त्ब्यका लागि न्यूनतम भाडादर समेत सार्वजनिक गरेको छ । जसअनुसार पोखरा-नेपालगञ्ज रु ४५०० , पोखरा-विराटनगर रु ६०००, पोखरा-सिमरा रु ४३०० , पोखरा-भैरहवा रु ३१००, भैरहवा-भरतपुर रु २५०० र विराटनगर-तुम्लिङटार रु ३१०० भाडादर छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.