बझाङ ।
नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन । उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो ।
सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भए पनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन् । जिल्ला कारागारमा समूहका पाँच कार्यकर्ता थिए । यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त भएका थिए । अझै तीन जना कारागारमै छन् ।
प्रहरीले कठायतलाई विसं २०७७ मंसिर २७ गते धनगढीबाट पक्राउ गरेको थियो । जिल्ला कमिटी सदस्य कठायतलाई अबिरमाला, बाजासहित सदरमुकाम चैनपुर परिक्रमा गराइनाका साथै कोणसभासमेत आयोजना गरिएको थियो । सभामा कठायतले वार्तामा भएका हरेक सहमतिका बुँदा अक्षरशः कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे। रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.