www.tandavnews.com
Fact ~ In search of truth

परीक्षण घटेसंगै घट्यो संक्रमण : आज थप ४ हजार ३ सय ६९ जना थपिए

काठमाडौँ/ ताण्डव न्यूज ।

नेपालमा थप ४ हजार ३ सय ६९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०२ र एन्टीजेन परिक्षणबाट ६६७ गरि कुल ४३६९ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार २०५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७९.२ रहेको मन्त्रालयले जनाएको छ ।

Batas

देशभर अहिले ७०२ जना क्वारेन्टाइनमा छन् भने पछिल्लो २४ घण्टामा १० हजार ९८६ पिसिआर परिक्षण भएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या एक लाख ८ हजार ८ सय ९७ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ७ हजार ५ सय ६३ जना रहेका छन् भने होम आइसोलेसनमा एक लाख १ हजार ३ सय ३४ रहेका छन् ।

अहिले नेपालमा १५ सय ४५ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये ४०७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १०९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार नाघेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार २ सय ७२ पुगेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.