www.tandavnews.com
Fact ~ In search of truth

कोभिड उपचारमा आवश्यक सामाग्रीको अभाव हुन नदिन अनेरास्ववियु कास्कीकाे ध्यानाकर्षण

पोखरा ।

कोभिडका बिरामीको उपचारमा आवश्यक सामाग्रीको अभाव हुन नदिन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) कास्कीले ध्यानाकर्षण गराएको छ ।

कोभिड अस्पताल बनाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक डा. भरत खत्री समक्ष आवश्यक अक्सिजन तथा औषधीको अभावमा कुनै बिरामीले ज्यान गुमाउनु पर्ने अवस्था आउन नदिन ध्यानाकर्षण गराएका हुन् ।

Batas

अनेरास्ववियु कास्कीले कोभिड संक्रमण पुष्टि भएकाहरुको सहजताको लागि अस्पताल , अक्सिजन तथा औषधीजन्य सामाग्रीहरुको , एम्बुलेन्स , रगत , होटेल वा क्वारेन्टाईन लगायतको व्यवस्थापनका सहजिकरण गरिरहेको छ । महामारीको विषम् परिस्थितिमा नागरिकको जिउज्यानको रक्षा को निम्ति राज्यका सबै पक्ष आ आफ्नो ठाउँबाट लाग्नु पर्ने अनेरास्ववियु कास्की अध्यक्ष बिजय पौडेलले बताए।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.