भारत ।
भारतमा आइतबार १ लाख ६३६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ । कोरोना संक्रमितको यो संख्या ६१ दिनयताको सव भन्दा कम हो । हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख १० हजार ६११ पुगेको मन्त्रालय सोमबार जानकारी दिएको छ ।
त्यसैगरी भारतनमा कोरोना संक्रमणको कारण ज्यान गमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआए तापनि केहीयता यस प्रकोपको कारण ज्यान गुमाउने पनि केही कम भने भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।
भारतमा गत २४ घण्टामा २ हजार ४२७ जनाको मृत्यु भएपछि यहाँ कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ४९ हजार १८६ पुगेको छ । गत २४ घण्टामा भारतमा १ लाख ७४ हजार ३९९ जना संक्रमित कोरोना मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ७१ लाख ५९ हजार ६०९ जना कोरोना मुक्त भएका छन् ।
हाल यहाँ १४ लाख १ हजार ६०९ जना सक्रिय संक्रमित रहेका छन् । भारतमा जुन ६ तारिखसम्म ३६ करोड ६३ लाख ३४ हार १११ जनाको कोरोना परिक्षण गरेको सरकारी स्रोतले जानकारी दिएको छ । रासस
© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.