www.tandavnews.com
Fact ~ In search of truth

कास्की : प्रहरी ‘रजिन’द्धारा ‘नाबालिका बलात्कार’

'२ पटक जवर्जस्ती गर्भपतनपछि बालिकाद्धारा आत्महत्या प्रयास'

पोखरा/ताण्डव न्यूज

जिल्ला प्रहरी कार्यालय कास्कीमा प्रहरी जवान पदमा कार्यरत छन् रजिन सुनार । उनको स्थायी ठेगाना माछापुच्छ्रे गाउँपालिका, खोरामुख हो ।

कास्की प्रहरीमै कार्यरत रहँदा रजिनले फेसबुकमार्फत सिता (परिवर्तित नाम)सँग चिनजान भयो । चिनजानकै क्रममा सुनारले आफू प्रहरीमा कार्यरत रहेको सुनाए । कुराकानी बाक्लिदैँ गएपछि रजिनले सितालाई विहेको प्रस्तावसम्म राखे । यतिबेला सिता १६ वर्षमात्रै भएकी थिइन् ।

Batas

आफ्नै दाईसँग बाटुलेचौरमा डेरा गरि बस्दै आएकी थिइन् सिता ।

विसं २०७६ चैत्र २७ गते विहान सिताको दाई नभएको मौका छोप्दै रजिन डेरामा पुगे । सोही विहान रजिन र सिताबिच पहिलोपटक शारिरिक सम्बन्ध भयो । शारिरिक सम्बन्धकै क्रममा पिडा भई सिता चिच्याउँदा, हल्ला नगर्न भन्दै धम्क्याए रजिनले । रजिनले सो कुरा बाहिर ल्याए सिताकै बेइज्जत हुने भन्दै डर देखाए । त्यति मात्र होइन परिवारलाईसमेत दुख दिने धम्कि दिए । प्रहरीमा कार्यरत समेत भएको हुँदा सिता यस विषयमा मौन रहन उचित ठानिन् । धम्काउँदा मात्र कुरा बाहिर आउने डर भएपछि रजिनले सितालाई अहिले उमेर नपुगेको र बिहे गर्न नमिल्ने भन्दै पत्नीको हैसियतमा राख्ने आश्वासन दिए ।

२०७७ बैशाख २३ गते रजिनले सितालाई खोरामुखस्थित घरमा लगे । उनिहरुको टिकाटालो पनि भयो । कास्की प्रहरीमा कार्यरत रजिन टिकाटालोपछि कहिलेकाहीँ घर पुग्थे, ४/५ दिन बसेर फर्किन्थे । समय वित्दै जाँदा रजिनले काममा व्यस्त हुनु परेकाले घर आउन नभ्याउने बताउँदै सीतालाई डेरामै बस्न भने । सिता बाटुचौरस्थित डेरामै फर्किइन् ।

सिताको दाई नभएको मौकामा रजिन डेरामा पुगिरहन्थे ।

पहिलोपटक २०७७ भदौमा सिता गर्भवति भइन् । गर्भवति भएको थाहा पाएपछि रजिनले गर्भपतनकालागि दवाव दिए । दवावपछि सिताले रजिनले भने अनुसार गरिन् ।

सिता पुनः २०७७ फागुनमा गर्भवति भइन् । रजिनले फेरी गर्भपतन गर्न दवाव दिए । दवावकै क्रममा प्रहरी जवान रजिनले सिताको छातिमा लात र मुक्का हाने । निर्मम प्रहरपछि सिताको गर्भमै बच्चा तुहियो । २ पटक गर्भपतन गरिसक्दा पनि रजिन रोकिएनन् ।

उनिहरुबिच शारिरिक सम्बन्ध रहिरह्यो ।

सिता तेस्रो पटक गर्भवति भइन् । तेस्रोपटकपनि रजिनले सितालाई गर्भपतनकालागि टर्चर दिए । रजिनले प्रहरीको ठुलो ब्यक्तिसँग आफ्नो पहुँच भएको र आफन्तलाई यसबारे बताए ‘सडाइदिने’ भन्दै धम्की दिए । खराव वानी रजिन त्यसैमाथी प्रहरी र प्रहरी संगठनको धम्कीको अगाडी सिताको केही लागेन्, त्यसपछि सिताले आत्महत्याको निर्णय लिइन् ।

२०७८ बैशाख जेठ १८ गते केआइसिंह पुलबाट हामफालिन् सिता । तर, उनको प्रयास असफल भयो । पुलबाट हामफालेकी सिता जालीमा अड्कीइन् । वडाप्रहरी कार्यालय बगरले उनको उद्धार गर्यो । उद्धारपछि घटनाबारे प्रहरीले आमालाई जानकारी गरायो । घटनाबारे बुझ्न खोज्दा प्रहरीले आमालाई सितालाई मनोसामाजिक परामर्शको आवश्यकता रहेको बतायो । सोही सुझाव अनुसार सिता कोपिला नेपाल नामक संस्थाको संरक्षण र परामर्शमा छिन् ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १८मा करणी सम्बन्धी कसूर उल्लेख छ ।परिच्छेद १८को २१९(२) का अनुसार ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।’

जाहेरी लिएका छौँ, अनुसन्धान भइरहेको छ : डिएसपी हमाल

घटनाबारे जाहेरी दिन खोज्दा प्रहरीले आलटाल गरेको पीडितको परिवारले ताण्डव न्यूजलाई बताए । पीडितको मानसिक अवस्था ठिक नभएको अवस्थामा परिवारका सदस्य उपस्थित भएर दिइएको जाहेरी लिन नमानेको पीडित पक्षको आरोप छ । ‘हामीले जाहेरी दिन खोज्दा आलटाल गर्न खोजियो । यस्तो गम्भिर विषयमा जाहेर लिन आलटाल गरिनुले हामीलाई सशंकित बनाएको छ । पीडक प्रहरीमै कार्यरत भएकाले पनि हुनसक्छ । न्याय पाइएला र खै ?’पीडित परिवारको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले आज जाहेरी लिएको बताए । ‘पीडितको उपस्थितीपछि आज जाहेरी लिएका छौँ । घटनाबारे अनुसन्धान भइरहेको छ’ उनले भने ।

© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.