पोखरा
ताण्डव न्यूज ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले राजीनामा दिन गइरहेको उल्लेख गरेका छन् ।
‘प्रिय नेपाली फ्यानहरु, राजीनामा दिन एन्फा जाँदैछु । र यो राजीनामाको कारण एन्फाका बरिष्ठ उपाध्यक्ष हुन् । पछिल्लो ३ हप्तादेखि उनले म सँग नाटक गरिरहेका छन् । आशा छ खुशी हुनुहुन्छ पंकज नेम्वाङ’ उनले स्टाटस लेखेका छन् ।
अल्मुताइरी नेपाली टोलिको रुपमा गत चैतमा नेपाल आएका थिए । कतार फुटबल संघले फुटबल विकास परियोजना अन्तर्गत अल्मुताइरीलाई नेपाली राष्ट्रिय पुरुष टोलिको मुख्य प्रशिक्षकको रुपमा एन्फालाई सहयोग गरेको हो ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.