www.tandavnews.com
Fact ~ In search of truth

गगन थापाको प्रश्न: अरु परीक्षा चल्ने १२ को रोकिने कारण के हो ?

पोखरा /ताण्डव न्यूज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य तहको परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्विटरमा धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्रीलाई यस्तो प्रश्न गरेका हुन् ।

उनले यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा समेत मागेका छन । स्वास्थ्य मन्त्रालयले यस अघि नै सबै परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएको थियो । त्यसलाई वेवास्ता गर्दै सरकारले कक्षा १२ बाहेक त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु भने सुचारु हुने बताएको थियो ।

Batas

थापाले सकारले सबै स्वास्थ्य मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्नुपर्ने नभए वैकल्पिक माध्यमबाट परीक्षा गर्न पनि माग गरेका छन । ‘कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्योकि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो’ उनले उल्लेख गरेका छन् ।

कोरोनाको तेस्रो लहर सुरु भएसँगैं कक्षा १२ को परीक्ष स्थगित गरिएको छ भने त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने विभिन्न संकायको परीक्षा भने निरन्तर चलिरहेको छ ।

परीक्षामा भीडभाड भएको, स्वास्थ्य मापदण्ड पालना नगरिएको, एउटै कक्षामा धेरै विद्यार्थीहरु राखेर परीक्षा दिन लगाइएको, पीसीआर रिपोर्ट विनै परीक्षामा परीक्षार्थी सहभागी भएकाले परीक्षाबाटै कोरोना संक्रमण तीव्र हुने भन्दै आलोचना भइरहेको छ ।

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.