पोखरा
ताण्डव न्यूज ।
शनिबार (भोली) पोखरामा विद्युत अवरुद्ध हुने भएको छ । बुस कटिङ (रुखका हाँगा तथा बास काट्न) का लागि विद्युत अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रले आज सूचना जारी गर्दै बिहान १०ः३० देखि दिउसो ४ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
‘पृथ्वीचोक, सिर्जनाचोक, नागढुंगा, जनप्रिय क्याम्पस, रत्नचोक, सहिदचोक, राष्ट्रबैंक चोक, ड्यामसाइड, बिरौटा, आँखा हस्पिटल, संग्रिल्ला होटल, घारीकुलो, हेल्थपोस्ट वरिपरि लगायतका क्षेत्रमा मिति २०७८/०६/१६ गते बिहान १०:३० बजे देखि ४:०० बजे सम्म लाईन अबरुद्ध हुने ब्यहोरा जानकारी गराउदछौ ।’ सूचनामा उल्लेख छ ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.