काठमाडौँ ।
परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् ।
मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल–भारतबीचका द्विपक्षीय महत्वपूर्ण सम्बन्धबारेमा फलदायी छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा आगामी सातादेखि आपूर्ति हुने कोरोनाविरुद्धको कोभिसिल्ड खोपको विषयमा समेत छलफल भएको थियो ।
रासस
–––
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.