www.tandavnews.com
Fact ~ In search of truth

बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

लन्डन

बेलायतमा बुधबारमात्र करिब ४४ हजार जना कोरोना भाइरसका संक्रक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार ४३ हजार ९४१ जनामा यो संक्रमण देखिएको हो । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण २०७ जनाको मृत्यु भएको छ ।

यहाँका स्वास्थ्य अधिकारीले यहाँ धेरै समयपछि मृत्यु हुनेको संख्या पनि बढ्न थालेको बताएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४० हजार ४१ जनाको मृत्यु भएको छ ।अधिकारीहरुले बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ८८ लाख ९७ हजारभन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

Batas

रासस

© 2021, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.