पोखरा
ताण्डव न्यूज ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाकवि लक्ष्मिप्रसाद देवकोटा र युवाकवि मोतिराम भट्टको जन्मबारे गलत ईतिहास व्यक्त गरेका छन् ।
गण्डकी प्रदेशलाई साक्षर घोषणा गर्न आईतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महाकवि लक्ष्मिप्रसाद देवकोटा र युवाकवि मोतिराम भट्टको जन्म गण्डकी प्रदेशमा भएको भन्ने गलत ईतिहास सुनाए । “यो प्रदेशको ईतिहास नै, ठूलठुला विद्वानहरु जन्मेको ठाउँ हो यो, महाकवि लक्ष्मिप्रसाद देवकोटा जि यहि ठाउँमा जन्मिनुभएको हो, त्यस्तै लेखनाथ पौडेल जि लगायत मोतिराम भट्ट लगायत १०१ विद्वानहरु जन्मेको ठाउँ हो यो” उनले भने ।
तर महाकवि लक्ष्मिप्रसाद देवकोटाको जन्म विसं १९६६ कार्तिक २७ गते ’लक्ष्मीपुजा’को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको हो । भने मोतिराम भट्टको जन्मपनि विसं १९२३ भदौ २५ गते काठमाण्डौको भोसिको टोलमा भएको थियो । दुबै महान कविहरुकोे जन्मबारे देउवाले गलत ईतिहास सुनाएपछि अतिथिहरु मुखामुख गरेका थिए ।
यसैबीच देउवाले शिक्षालाई अनिवार्य निशुल्क गर्ने, र संविधानमा मौलिक हकको रुपमा रहेको शिक्षालाई अझ प्रभावकारी बनाउने सरकारको लक्ष्य रहेको बताए ।
© 2021, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.