www.tandavnews.com
Fact ~ In search of truth

देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने

दमौली ।

तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिको सोमबार सम्पन्न ५९ औँ पूर्ण बैठकले त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय गरेको हो ।

देवघाटमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक पुल निर्माण गर्ने निर्णय भएको समितिका अध्यक्ष बद्रीनाथ अधिकारीले जानकारी दिए । तनहुँ, चितवन र नवलपुर जोड्ने गरी पुल निर्माण हुनेछ । देवघाटको कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थलमा तीन जिल्लालाई जोड्ने गरी एउटा मात्रै पिलरले धान्ने पुल निर्माण गर्न लागिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरेले बताए ।

Batas

त्रिकोणात्मक आकर्षक ढङ्गबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने क्षेत्र विकास समितिले विश्वास लिएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूलीमाथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा लिइएको छ ।

देवघाट क्षेत्र विकास समितिका निर्देशक घिमिरेले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका–बेनी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको जानकारी दिए । बेनीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३.५ किलोमिटर पैदलयात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा ८० प्रतिशत काम भइसकेको छ भने बाँकी निर्माणको क्रममा छ ।

रासस
–––

© 2022, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.