www.tandavnews.com
Fact ~ In search of truth

नयाँ वर्ष मनाउन जहाज चार्टर गरेर आए १८१ चिनियाँ, मन्त्री किरातीले गरे स्वागत

काठमाडौं ।
नयाँ वर्ष मनाउन जहाज नै चार्टर गरेर १ सय ८१ जना चिनियाँ पर्यटक नेपाल आएका छन्  ।  नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टर गरेर चिनियाँ नागरिकहरू नेपाल आएका हुन्।

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। पर्यटकहरूलाई पञ्चेबाजाले समेत स्वागत गरिएको थियो ।

कोभिड महामारीपछि चिनियाँ पर्यटकको आवमगन सबैभन्दा कम रहेकामा अब फेरी आउन सुरु भएको हो ।

Batas

केही साताअघि मात्रै चीनले नेपाललाई घुम्नैपर्ने देशको सूचीमा राखेको थियो ।

मन्त्री किरातीले नयाँ वर्षको आगमन संगै चिनियाँ पाहुनाहरुलाई नेपाल र नेपाली जनताको तर्फबाट स्वागत गर्न पाएको भन्दै खुसी व्यक्त गरे।

किरातीले भोलिदेखि नयाँ वर्ष मात्र होइन नयाँ दशक प्रारम्भ हुँदै गएको उल्लेख गरे। ‘नयाँ वर्षको आगमनसँगै चिनियाँ पाहुनाहरूलाई नेपाल र नेपाली जनताका तर्फबाट भव्य स्वागत गरियो’, पर्यटन मन्त्रीले उल्लेख गरेका छन् , ‘लिदेखि नयाँ वर्ष मात्र होइन, नयाँ दशक प्रारम्भ हुँदै छ। मलाई विश्वास छ, यो दशक नेपालीहरूको लागि सुख र समृद्धिको दशक बन्ने छ ।
रासस

© 2023, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.