दमौली।
स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गर्ने चुनावीसभामा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा तनहुँ आउँदै छन्।
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरी शनिबार आयोजना हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दमौली आउन लागेका हुन्। सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा प्रकाशशरण महतलेसमेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।
व्यास नगरपालिका–३ अनसनचौतारीमा चुनावीसभा आयोजना गरिएको छ । नेपाली कांग्रेसबाट सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुखमा वैकुण्ठ न्यौपाने र उपप्रमुखमा इन्दिरा दरै उम्मेदवार छन्। नगरप्रमुख न्यौपाने दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका हुन्।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.