www.tandavnews.com
Fact ~ In search of truth

थप १७७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ।

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार १२६ जनामा गरिएको परीक्षणमध्ये आज १७७ जनामा सङ्क्रमण देखिएको हो ।

असार २६ गते १२१ र असार २७ गते १६८ जनामा सङ्क्रमण देखिएको थियो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७३ जना रहेका छन् । विगत २४ घण्टामा ४१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७६५ पुगेको छ ।

निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् ।

अहिलेसम्म होम आइसोलेसनमा ८५३, संस्थागत आइसोलेसनमा २०, भेन्टिलेटरमा एक जना र सघन उपचार कक्ष (आइसियु)मा ११ जनाको उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा ६४ हजार ९०७ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

रासस

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.