www.tandavnews.com
Fact ~ In search of truth

करारका कर्मचारी नहटाउन एमालेकाे माग

काठमाडौँ।
नेकपा (एमाले) ले नयाँ आर्थिक वर्षको थालनीसँगै सङ्घ, प्रदेश र स्थानीय सरकारले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्न थालेको भन्दै कर्मचारी नहटाउन माग गरेको छ ।

एमालेको सङ्घीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले आज विज्ञप्ति जारी गरी सो माग गरेका हुन् ।

सो विज्ञप्तिमा निश्चित विधि र प्रक्रियाबाट नियुक्ति तथा अवकाश पाउने कर्मचारीलाई नियमितरुपमा काममा लगाउन र उनीहरुको पेशागत सुरक्षा सुनिश्चित गर्न माग गरिएको छ ।
रासस
–––

Batas

© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.