काठमाडौँ ।
निर्वाचन आयोगले गएको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई तोकिएको समयभित्र निर्वाचन खर्च विवरण नबुझाएका समानुपातिक तर्फका उम्मेदवारलाई जरिवाना बुझाउन दिएको समयसीमा भित्र १ सय २५ जनाले जरिवाना रकम बुझाएका छन् ।
आयोगले १ सय २५ जना उम्मेदवारहरूबाट ४ करोड ३४ लाख २५ हजार रुपैयाँ जरिवाना रकम असुल गरेको निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणाली तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।
यो तथ्याङ्क निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको सङ्ख्या मात्र हो ।
आयोगले सबै जिल्ला निर्वाचन कार्यालयबाट जरिवाना रकम बुझाउन सकिने व्यवस्था गरेको हुनाले यो सङ्ख्या बढ्न सक्ने प्रवक्ता वाग्लेले बताए।
आयोगले राजनीतिक दलले बुझाएको समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारहरूको बन्द सूचीमा परेका तर स्थानीय निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण नबुझाएकालाई आज बेलुका ५ बजेभित्र जरिवाना बुझाए उम्मेदवारको सूची बुझाउनु पूर्व नै जरिवाना बुझाएको कायम गरिने जनाएको थियो ।
रासस
© 2022, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.