पोखरा
ताण्डव न्यूज ।
महेन्द्रपुलस्थित रुपाकोट ज्योती सुनचाँदी पसलका सञ्चालक दशरथ सुनारलाई चोरी मुद्धामा फसाइएको जनाइएको छ । सुनचाँदी व्यवसायी संघ, कास्कीले आज एक विज्ञप्ति जारी गर्दै सञ्चालक सुनार निर्दोष रहेको जनाएको हो ।
सञ्चालक सुनार नभएको मौका छोपी कर्मचारीलाई प्रलोभनमा पारेर पर्वत घर भई पोखरास्थित गणेश टोल बस्दै आएकी टिका श्रेष्ठले विभिन्न नाममा सुन साटफेर गर्ने गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘गणेशटोल बस्ने टिका श्रेष्ठले दशरथ सुनार पसमा नभएको मौका पारी सोही पसलका कर्मचारीलाई विभिन्न प्रलोभनमा पारी आफुले लगाएको सुन उपहारमा प्राप्त भएको कारण बिल नभएको भनि साटफेर गरेको हो’ संघका महासचिव तारा गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,‘ पोखराका प्रतिष्ठित व्यवसायी चोरीजन्य अपराध न्यूनिकरण होस् भनि सिसि क्यामरा जडान गर्नलाई उल्लेखनिय भुमिका निर्वाह गर्ने ब्यक्ति आज कसरी चोरीजन्यमा समावेश हुन्छन् भनि हामी अचम्मित भएका छौँ ।’
सुन चोरीको आरोपमा श्रेष्ठ पक्राउ परेपछि उक्त सुन किनेको आरोेपमा सञ्चालक सुनारलाई पनि कास्की प्रहरीले पौष १४ गते पक्राउ गरेको थियो । सुनार आज तारिकमा रिहा भएका छन् ।
हेर्नुहोस् विज्ञप्ति
© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.