www.tandavnews.com
Fact ~ In search of truth

वडाध्यक्ष गुरुङको ‘दादागिरी’ : रगताम्य हुनेगरी ‘इन्जिनियर’ कुटे

पोखरा
ताण्डव न्यूज ।

माछापुच्छ्रे  गाउँपालिका वडा नं-८ का अध्यक्ष रामबहादुर गुरुङले ‘दादागिरी’ देखाउँदै कर्मचारी कुटपिट गरेका छन् । अध्यक्ष गुरुङले सोेही वडाका सब इन्जिनियर लक्ष्मण जिसीलाई रगताम्य हुनेगरी कुटेको वडा स्रोतले बताएको छ ।

कुटपिटपछि घाइते भएका इन्जिनियर जिसीलाई उपचारका लागि अस्पताल लगिएको स्रोतको भनाई छ । ‘अध्यक्ष गुरुङ यसअघि पनि विभिन्न विषयमा विवादीत भएकोे ब्यक्ति हुन् , मैमत्त भएका वडाध्यक्ष गुरुङलाई यस्तो हर्कत गर्दा कारवाही गर्लान् त ?’ स्रोतले भन्यो ।

Batas

यस विषयमा कुराकानी गर्न खोज्दा गाउँपालिकाका प्रवक्ता गणेश आचार्यसँग सम्पर्क हुन सकेन ।

घटनाबारे जिल्ला प्रशासन कार्यालय कास्कीमा जानकारी भइसकेको स्रोतको भनाई छ । पीडित सब इन्जिनियरले कानुन हातमा लिने वडाध्यक्ष गुरुङलाई कारवाही हुनैपर्ने माग राखेको स्रोतले बतायो ।

© 2023, Tandav News. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.