www.tandavnews.com
Fact ~ In search of truth

‘भिडियो लाइभ’ गरिरहेका पत्रकारमाथी सेना र कास्की प्रहरीको दुर्व्यवहार

पोखरा
ताण्डव न्यूज ।

आज बिहान ट्रेड मल नजिकै भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने तयारि गरिरहेको ‘भिडियो लाइभ‘ गरिरहेका गण्डक न्यूज डट कमका अश्विन दानीमाथि नेपाली सेना र नेपाल प्रहरीका सुरक्षाकर्मिले गरेको दुर्व्यवहार गरेका छन् ।

समाचार संकलनको क्रममा फिल्ड रिपोर्टिङ गरिरहेका पत्रकारले म गण्डक न्युजबाट भन्दा भन्दै दुर्वयबहार गरेका हुन् । उनको मोबाइल समेत फुटाइएको छ ।

Batas

नेपाली सेना र प्रहरीको दुव्र्यबहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद ब्यक्त गरेको छ ।

महासंघ कास्कीले विज्ञप्तीमार्फत भनेको छ‘समाचार संकलनको क्रममा फिल्ड रिपोर्टिड। गरिरहेका पत्रकारले म गण्डक न्युजबाट भन्दा भन्दै दुर्वयबहार गर्नु बलजफ्ति प्रहरी भ्यानमा कोच्नु र संचार सामाग्रि ९मोबाइल सेट० फुटाइनुलाई हामीले मिडिया माथिको नांगो हस्तक्षेपको रूपमा लिएका छौं । यो घटनाको आवश्यक छानबिन गरि दोषी सुरक्षाकर्मी माथि कारबाही गर्न र उचित क्षतिपूर्तिको व्यबश्था मिलाउन ने.प. महासंघ कास्की माग गर्दछ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.