www.tandavnews.com
Fact ~ In search of truth

टानको चुनावी सरगर्मी बढ्दै, सहसचिवमा उदयको उम्मेद्वारी

पोखरा
ताण्डव न्यूज ।

पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सि एसोसियसन अफ नेपाल (टान) पोखराको आगामी साउन २६ गते हुने १५ औं अधिवेशनका लागि दुई जनाको अध्यक्ष पदमा उम्मेद्वारी परेको छ ।

निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको उम्मेद्वारी नामावली अनुसार अध्यक्ष पदका लागि हरि भुजेल र भोजकुमार श्रेष्ठको उम्मेद्वारी परेको हो ।

Batas

त्यस्तैगरी प्रथम उपाध्यक्षमा विश्वराज अधिकारी र सुशीलराज पौडेल, द्वितीय उपाध्यक्षमा धर्मराज पन्थी, दिवस लामिछाने र श्यामकृष्ण थापा, सचिवमा मिलन तिवारी, जिवनराज सापकोटा र रामचन्द्र अधिकारी, कोषाध्यक्षमा कृष्ण प्रसाद आचार्य र किसम कुमारी गुरुङको उम्मेद्वारी परेको छ ।

टानको सहसचिवका लागि उदय सुवेदी र थानेश्वर बरालको उम्मेद्वारी परेको छ । ६ जना सदस्य पदका लागि १२ जनाको उम्मेद्वारी परेको हो ।

विस्तृतमा उम्मेद्वारहरुको नामावली हेर्नुहोस्

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.