www.tandavnews.com
Fact ~ In search of truth

अदालतमा १३ सय वर्ष कैद र ८७ लाख जरिवाना बाँकी

वालिङ ।

जिल्ला अदालत स्याङ्जामा विभिन्न घटना वा अभियोग लागेकाबाट एक हजार ३०० वर्ष कैद र ८७ लाख रुपैयाँ भन्दा बढी जरिवाना भुक्तान गर्न बाँकी रहेको छ ।

विसं २००७ देखि २०७५ माघ मसान्तसम्ममा जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसला बमोजिम १३ सय १२ वर्ष ११ महीना १४ दिन कैद र ८७ लाख १५ हजार १८४ रुपैयाँ ५५ पैसा असुल गर्न बाँकी रहेको स्याङ्जा जिल्ला अदालतका श्रेष्तेदार नन्दप्रसाद आचार्यले बताए ।

Batas

केही सार्वजनिक अपराध मुद्दा, बहुविवाह, कर्तव्य ज्यान मुद्दा, मानव बेचबिखन, अंशबण्डा, जबर्जस्ती करणी, सम्बन्धविच्छेद, कुटपिट तथा लुटपाट, लागुऔषध ओसारपसार, ठगीलगायतका अभियोग लागेकाबाट उक्त कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको हो ।

“अदालतबाट कैद तथा जरिवानाको सजाय तोकिएसँगै फरार रहेकालाई सजाय भुक्तानका लागि जिल्लाका सबै पालिका, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, मालपोत, नापीलगायतका कार्यालयमा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई पक्राउ लगत विवरणसहित सम्बन्धित निकायमा पत्राचार गरेका छौँ”, श्रेष्तेदार आचार्यले भने ।

अदालतले कैद तथा जरिवाना तोकेका व्यक्तिबाट जरिवाना उठाई दाखिला गरेमा उठाएको रकमको २५ प्रतिशत प्रोत्साहन रकम र कैद लागेको व्यक्तिलाई अदालतसमक्ष दाखिला गरेमा प्रति महीना १५० रुपैयाँका दरले प्रोत्साहनबापत रकम भुक्तानी गर्ने व्यवस्था रहेको श्रेष्तेदार आचार्यले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.