www.tandavnews.com
Fact ~ In search of truth

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी पछि महँगियो सुन

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी पछि नेपालमा सुनको मूल्य बढेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएपछि सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा महँगीएको छ । त्यसको असर नेपाली सुन बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६५ हजार ८ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंसत १४ सय ३८ डलर पुगेको छ । अन्तर्राष्ट्रिय द्धन्द्ध बढ्दा सुनको मूल्य बढ्ने गरेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.