दाङ ।
दाङमा एक नाबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद विक्रम शाहका अनुसार राप्ती गाउँपालिका–१ बगाहसोती निवासी हिमाल राना मगरकी एक महीनाकी छोरी सङ्गीताको जलेर मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक शाहले हिमालका अन्दाजी ४ वर्षीय छोरा अमितले उनकी बहिनी सङ्गीता सुतिरहेको कपडामा खेल्ने क्रममा आइतबार बेलुका ७.३० बजे सलाइ कोर्दा आगलागी भएको र जलेर गम्भीर घाइते भएकी नाबालिकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । रासस
सांकेतिक तस्बिर :गुगलबाट
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.