www.tandavnews.com
Fact ~ In search of truth

एन आई सी एशियाको सुपर चमत्कारिक योजना

पोखरा ।

एन आई सी एशिया बैंकले सुविधायुक्त सुपर चमत्कारिक बचत निक्षेप योजना ल्याएको छ ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने मूल नाराका साथ बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो २२औं वार्षिकोत्सवको अवसरमा ३० विशेषतायुक्त नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो । चमत्कारिक निक्षेप योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना संचालनमा ल्याएको गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले बताए ।

Batas

ग्राहकहरुले “सुपर चमत्कारिक बचत खाता, सुपर चमत्कारिक नारी बचत खाता, सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, सुपर चमत्कारिक बाबु नानी बचत खाता, सुपर चमत्कारिक विद्यार्थी बचत खाता, सुपर चमत्कारिक स्वरोजगार बचत खाता, सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, सुपर चमत्कारिक उद्यमशील बचत खाता, सुपर चमत्कारिक तलब बचत खाता मार्फत बचत गर्ने बानीलाई विकास गर्न सक्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सक्ने बैंकको विश्वास रहेको छ ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।जसअन्तर्गत परिवारका सम्पूर्ण सदस्यहरुले दुर्घटनाबाट मृत्यु वा पूर्ण अशक्तताका लागि रु १ करोड सम्मको बिमा सुविधा, दम्पत्तिको लागि २५ घातक रोगहरुको लागि रु ३० लाख सम्मको बिमा सुविधा, परिवारका लागि १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा प्राप्त गर्न सक्नेछन् ।

सुपर चमत्कारिक बचत योजना अन्तर्गत बैंकका ग्राहकले देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट निःशुल्क रुपमा रकम निकाल्न सक्नेछन् । साथै कर्जामा समेत विशेष छुटका साथै घरमै बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा यस योजनाले समेटेको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा माथि उल्लेखित सुविधाहरुको अतिरिक्त पृथक Sweep In – Sweep Out को सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाइनेछ ।

हालसम्म यस बैंकको मुलुकभर २९७ शाखा कार्यालयहरु, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।यस बैंकबाट करिब १८ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको बैंकले जनायो । बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तिय संस्थाहरुको उपस्थितति न्यून रहेका दुर्गम जिल्लाहरुमा र कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सेवा दिदैँ आइरहेको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.