पोखरा ।
लुटेरा समात्न काठमाडौंको अत्तरखेलमा प्रहरीले गोली चलाएको छ।
लुटेरा पाँचथर फिदिमका छिरिङ तामाङलाई आज गोली प्रहार गरि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीसगै लुट्ने अन्य चार लुटेरालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको मा तामाङ भने फरार भएका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड गोली चलाएको थियो ।
गोली खुट्टामा लाग्दा उनी घाईते भएका छन् । तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरमा लुटपाट गरी १ लाख ७० हजार लुटेका थिए।
२०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेको जनाइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.