www.tandavnews.com
Fact ~ In search of truth

ज्ञानेन्द्र शाहीमाथि कारबाही गर्न सांसदद्धारा सरकारको ध्यानाकर्षण

काठमाडौं ।

राष्ट्रियसभाको आज बैठकमा सांसद चक्रप्रसाद स्नेहीले प्रमुख राजनीतिक दलका शीर्ष नेता र जननिर्वाचित संस्थामाथि गालीगलोज गर्ने ज्ञानेन्द्रबहादुर शाहीमाथि कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको शून्य समयमा उनले भने,“लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्नेलाई कारवाही हुनुपर्छ । शीर्ष नेता र जननिर्वाचित संस्थामाथि जे पायो त्यही बोल्न कसैलाई छुट छैन ।”सांसद खिमकुमार विश्वकर्माले सर्वोच्च अदालतबाट एनसेलको लाभकर सम्बन्धी फैसलामाथि सरकारले पुनर्विचार गर्न आवश्यक रहेकामा जोड दिँदै यससम्बन्धमा सरकारको धारणा सार्वजानिक गर्न माग गरे ।

सांसद कविता बोगटीले हुम्ला जिल्लामा नेपाल वायुसेवा निगमको हवाई उडान नियमित गर्न माग गर्दै चाडबाड आउन लागेको समयमा समयमा दुर्गम क्षेत्रमा थप हवाई उडानको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद उदया शर्मा पौडेलले भृकुटीमण्डप अगाडि सार्वजानिक साधनले यात्रु ओराल्ने र चढ्ने व्यवस्था किन बन्द गरियो भन्ने प्रश्न गर्दै यात्रुको समस्यालाई ध्यानमा राखी ती स्थानमा तुरुन्त यात्रु चढ्न पाउने व्यवस्था मिलाउन माग गरे ।

सांसद अनिता देवकोटाले शान्तिसुरक्षा कायम गर्न सरकारलाई संवेदनशील बन्न आग्रह गर्दै चाडवाड आउन लागेको सयमा थप शान्ति सुरक्षाको प्रबन्ध मिलाउन ध्यानाकर्षण गराए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.