www.tandavnews.com
Fact ~ In search of truth

तनहुँमा ५ अर्ब राजश्व सङ्कलन

तनहुँ ।

गत आर्थिक वर्षमा तनहुँमा पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ राजश्व सङ्कलन गरिएको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । आर्थिक वर्ष २०७४÷७५ मा ८२ करोड ९७ लाख ७६ हजार ५८५ रुपैयाँ राजश्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार, गत आर्थिक वर्षमा सङ्घतर्फ चार अर्ब ९३ करोड ६५ लाख १० हजार ६२३ र प्रदेशतर्फ १४ करोड ४७ लाख ६२ हजार ३४७ गरी कूल पाँच अर्ब ८१ करोड २७ लाख दुई हजार ९२७ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

जिल्लामा सबैभन्दा बढी आन्तरिक राजश्व विभागबाट चार अर्ब ९३ करोड ६५ लाख १० हजार राजश्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख विष्णुहरि वाग्लेले जानकारी दिए।यसैगरी गत आर्थिक वर्षमा सङ्घीयतर्फ सात अर्ब ४० करोड ४६ लाख १३ हजार २८१ वजेट विनियोजन भएकामा सो अवधिमा सात अर्ब १८ करोड ५८ लाख ६० हजार ७९२ खर्च भएको उनले जानकारी दिए ।

गत आर्थिक वर्षमा पूँजीगततर्फ १५ अर्ब ५३ करोड ९१ लाख २१ हजार वजेट विनियोजन भएकोमा सो अवधिमा १२ अर्ब ६६ करोड ५३ लाख तीन हजार ८१३ खर्च भएको छ । सङ्घीयतर्फको कूल खर्चमा स्थानीय तहको अंश तीन अर्ब ७८ करोड ९६ लाख ३० हजार ७६६ रहेको छ ।

यसैगरी गत आर्थिक वर्षमा प्रदेशतर्फ एक अर्ब ८२ करोड ८१ लाख ५६ हजार ८२५ वजेट विनियोजन भएकामा सो अवधिमा एक अर्ब १८ करोड ५१ लाख ३५ हजार ५७२ खर्च भएको छ ।आख्तियारी ढिलो आएका कारण सङ्घको तुलनामा प्रदेशको वित्तीय प्रगतिमा कमी देखिएको कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक धर्मभक्त बस्यालले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.