www.tandavnews.com
Fact ~ In search of truth

तरकारीको विषादी परिक्षण अनिवार्य गर्न माग गर्दै सर्वोच्चमा रिट

पोखरा ,

ताण्डव न्यूज ।

भारतबाट आउने तरकारीको विषादी परीक्षणको माग गर्दै आज सर्वोच्च अदालतमा रीट दर्ता भएको छ ।

Batas

भारतबाट नेपाल आउने तरकारी र फलफुलको विषादी परीक्षण गर्न माग गर्दै आज सर्वोच्चमा रीट दायर भएको हो । स्वतन्त्र राष्ट्रिय अभियानका अधिवक्ता स्वागत नेपाल र नारायणप्रसाद दवाडीले रीट दर्ता गराएका हुन् ।

तत्कालै विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हट्दा सारा नेपाली विषादीयुक्त खाना खान बाध्य हुने भन्दै सरकार रिट दायर गरेको अधिवक्ता स्वागत नेपालले ताण्डव न्युजसँग बताए ।
रिटमा तत्कालै विषादी परीक्षण गर्न नसक्ने सरकारको निर्णय तत्कालै खारेज गर्नुपर्ने उल्लेख गरिएको छ ।

विषादी परीक्षणका लागी प्रविधियुक्त मेसिन नहुँदा भारतबाट भित्रिने तरकारी र फलफुलको विषादी परीक्षण तुरुन्तै गर्न सक्ने अवस्था नभए सरकारले तरकारी र फलफुल भित्रिनै दिन नहुने माग गरिएको छ ।

विषादी परीक्षण नगरी तरकारी भित्रिदाँ उपभोक्ताको हक अधिकार, बालबिकासको अधिकारमा हनन पुग्ने रिटमा उल्लेख गरिएको छ । विशेष गरि गभवर्त महिलाले विषादी युक्त तरकारी खादाँ पेटमा भएको भ्रुणमा गम्भिर असर पर्ने र आउने पुस्ता अस्वस्थ बन्ने भन्दै रिटमा तत्कालै सरकारको निर्णय रोक्न माग गरिएको छ ।

नेपालभित्रै उत्पादन भएका तरकारी तथा फलफुलको पनि विषादी परीक्षण पश्चात् मात्रै किनबेच गर्नुपर्ने रिटमा उल्लेख गरिएको छ ।सरकारले केही दिन अघि विषादी परीक्षण गरेरमात्र तरकारी भित्र्याउनुपर्ने भन्दै राजपत्रमा प्रकाशित सूचनालाई तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषदले त्यसरी निर्णय गर्न नपाउने जिकिर रिटमा गरिएको छ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.