पाेखरा ः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ।
भैरहवा विमानस्थल जर्मनी कम्पनीलाइ दिने लगभग अन्तिम टुंगाे लागिसकेकाे छ । यही क्रममा मन्त्रालयले पोखरा विमानस्थल सञ्चालनका लागि पनि विदेशी कम्पनी खोजी गर्न निर्देशन दिएको छ।
सरकारले जीटुजी प्रक्रियाबाट अपरेटर खोजी गर्ने तयारी गरेको हो। भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ।
पोखरा विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ। सन् २०२० को अन्तिमसम्म निर्माण सम्पन्न गरिसक्ने चिनियाँ निर्माणकम्पनीले बताएकाे छ । भैरहवा र पाेखरा नेपालकाे पर्यटन विकासमा अति नै महत्व राखिएका बिमानस्थलहरू हुन ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.