www.tandavnews.com
Fact ~ In search of truth

पोखरा वृद्धाश्रमलाई मदनको आर्थिक सहयोग

 

पोखरा ।

तनहुँको ढोरफिर्दी स्थायी घर भई हाल बेलायतमा बस्दै आएका मदनकुमार रानाले पोखरा वृद्धाश्रमलाई २१ हजार रुपैयाँ सहयोग गरेका छन ।

बेलायतको १ सय २० भिक्टोरिया रोड, अल्डरसट मानमस्ते एक्सप्रेसको नाममा व्यवसाय सञ्चालन गर्दै आएका रानाले आफन्तमार्फत आइतबार उक्त सहयोग गरेका वृद्धाश्रम सञ्चालक समितिका कोषाध्यक्ष वर्षाकेशव पराजुलीले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा महिला ४० र पुरुष ३० जना गरी जम्मा ७० जनाले आश्रय लिँदै आएका छन् ।

झण्डै १३ रोपनी क्षेत्रफलमा फैलिएको वृद्धाश्रममा ज्येष्ठ नागरिक प्राथमिक उपचार कक्ष, दुईवटा आवास भवन, एउटा सभाहल, गौशाला, भान्छा घरलगायत केही अस्थायी आवास भवन तथा शौचालय रहेको छ ।

व्यवस्थित रुपमा सञ्चालन गर्न लागिएको स्वस्थ्योपचार कक्ष निर्माणाधीन अवस्थामा रहेको पराजुलीले जानकारी दिए । वृद्धाश्रमको सुरक्षा व्यवस्थापनका लागि सिसी क्यामेरा जडान गर्न र सुरक्षा गार्डको प्रबन्ध मिलाउनका लागि सहयोग दातासँग आग्रह गरिएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.