www.tandavnews.com
Fact ~ In search of truth

भोलीदेखी डाक्टरहरुले थाल्ने भए सामुहिक अनसन

पोखरा ,
ताण्डव न्यूज ।

अनसनरत डा. गोविन्द के.सीका माग पुरा गराउन नेपाल चिकित्सक संघले दबाब दिने भएको छ।
१६ औँ पटक आमरण अनसन बसेका डा.केसीसगँ गरेको सम्झौताअनुसार नै चिकित्सा शिक्षा विद्येयक संशोधन गर्न माग गरिरहेको आन्दोलनरत नेपाल चिकित्सक संघले भोली देखि दबाब दिने भएको हो ।

भोली सोमबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामुहिक रुपमा त्रिवि शिक्षण अस्पतालमा अनसन बस्ने चिकित्सक संघले घोषणा गरेका छन् ।चिकित्सा शिक्षामा कांग्रेस र कम्युनिष्ट दुबैले राजनीतिकरण गरेको चिकित्सकहरूको भनाइ छ। सांसदहरू जनतामुखी नभएर पैसामुखी भएको आरोपसमेत उनीहरुले लगाए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.