www.tandavnews.com
Fact ~ In search of truth

मणिपालमा तिम्ल्याहा बच्चाको जन्म,स्वास्थ्यमा समस्या

पोखरा ।

मणिपाल शिक्षण अस्पतालमा एक महिलाले तिम्ल्याहा जन्माएकी छन् ।

धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले तिम्ल्याहा बच्चा जन्माएकी हुन् । कमलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनले जन्म दिएका तिम्ल्याहा शिशुको स्वास्थ्यमा समस्या देखिएको छ । शिशुहरुको स्वास्थ्यमा समस्या भएपछि आर्थिक अभावका कारण उपचारमा पनि समस्या भएकाले सहयोगका लागि आफन्तले अपिल गरेका छन ।

Batas

परियारले हिजो सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन ।अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान् राजु परियारले बताए । कमलाले जन्माएका एउटा छोराको तौल साढे तीन किलो, अर्को छोरोको तौल साढे दुई किलो तथा छोरीको तौल ८सय ग्राम रहेको छ ।

तिम्ल्याहा बच्चाको उपचारका लागि टोल सुधार समितिले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरी करीब ६० हजार रुपैयाँ जुटाएको समितिका अध्यक्ष राम्जी मल्लले जानकारी दिए ।  रासस

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.