पोखरा ।
कोपा अमेरिका २०१९ मा स्टार फुटबलर लिओनल मेसीले रातो कार्ड पाएका छन् ।
आज भएको तेस्रो स्थानको खेलको ३७ औँ मिनेटमा मेसीले रातो कार्ड पाएका हुन् । यो उनको करियरकै दोस्रो रातो कार्ड हो । खेलको समयमा मेसीले चिलीका ग्यारी मेडलसँग कुम र टाउको जुधाएका थिए त्यसलगत्तै रेफ्रीले दुवैलाई रातो कार्ड दिएका हुन् ।
आज भएको तेस्रो स्थानका लागि भएको खेलमा अर्जेन्टिनाले चिलीमाथि २–१ को जित निकाल्दै कास्य पदक जितेको छ । तर खेलपछि मेसीले आयोजकप्रति असन्तुष्टि व्यक्त गर्दै पदक लिन अस्वीकार गरेका थिए ।
अर्जेन्टिनामाथि भेदभाव भएको उनको आरोप छ ।
कोपा अमेरिका २०१९ को फाइनल खेलमा आयोजक ब्राजिल र पेरुबीच आज मध्यरातमा खेल हुँदैछ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.