www.tandavnews.com
Fact ~ In search of truth

मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गरे कारवाही

काठमाडौं ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकलको लुकिङ ग्लास तोडमोड गर्ने या परिवर्तन गरेर राख्ने चालकलाई कारवाही थालेको छ ।

लुकिङ ग्लासको जथाभावी प्रयोग गर्ने, हटाउने तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिको सवारी नदेख्दा दुर्घटना बढेको भन्दै महाशाखाले उक्त अभियान थालेको आज एक सूचना जारी गरी जनाएको छ ।

लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा नदेखिने गरी राख्ने चालकमाथि शुरु भएको अभियानअन्तरगत शनिबार पहिलो दिन ३४५ चालकलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।

उनीहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारवाही हुने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । महाशाखाले अन्य मापसे जाँच तथा ट्राफिक नियम उल्लंघन विरुद्ध कारवाही अभियान पनि जारी राखेको जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.