www.tandavnews.com
Fact ~ In search of truth

लोक दोहोरी प्रतिष्ठानको चुनावी सरगम, जिल्ला र प्रदेशको लागि लविङ सुरु

सन्तोष सुवेदी,
पोखरा/ताण्डव न्युज ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको चुनावी मिति नजिकिँएसँगै नयाँ कार्यसमिति बन्नको लागि लविङ कार्य सुरु भएको छ । दोहोरी गीत प्रतिष्ठान केन्द्रीय कमिटिको निर्णय अनुसार असार मसान्तसम्म जिल्ला र साउन मसान्तसम्म प्रदेशको अधिवेशन सक्नुपर्ने हुन्छ । सोही अनुसार अहिले जिल्ला र प्रदेशको अधिवेशनको लागि भित्रभित्रै लविङ कार्य भइरहेको छ ।

अधिवेशन आउन केही महिना बाँकी रहँदा अहिले साधारण सदस्यता वितरण तथा नविकरण गर्ने काम धमाधम भइरहेको छ । आफ्नो मान्छेलाई बढी भन्दा बढी सदस्यता वितरण गर्नेमै जिल्ला र प्रदेशका कार्यसमितिहरु व्यस्त छन् । पहिला अधिवेशन जिल्लाको हुनेहुँदा भित्रभित्रै चुनावी सरगर्मी सुरु भएको छ ।

Batas

दोहोरी प्रतिष्ठान कास्कीको कोषाध्यक्ष रहेकी गायिका तुलसी क्षेत्री पनि कहाँ कसरी जाने भन्ने टुंगो लागि नसकेको बताइन् । ‘यो विषयमा अग्रज दाइदिदीहरुसँग सल्लाह गर्दैछु,’ उनले भनिन्, ‘यही पदमै जान्छु भन्ने निर्णय भइसकेको छैन् ।’

कास्की जिल्लाको अध्यक्षको लागि अहिलेको बरिष्ठ उपाध्यक्ष टेक क्षेत्रीको नाम आएको छ । उनको क्रमबद्ध तरिकाबाट पनि पालो आएको हुनाले क्षेत्री अध्यक्ष हुने धेरैको आशंका छ । ‘चहलपहल त्यति भएको छैन । अब अध्यक्ष बन्ने पालो नै मेरो हो,’ क्षेत्री भन्छन् । त्यसबाहेक कास्कीमा अन्य पदको लागि पनि आफ्नो मान्छे राख्ने, विपक्षीसँग जुधाउने तयारीमा जुटेको एक स्रोतले बतायो । कास्की बाहेक अन्य जिल्लामा पनि सोही अनुसार तयारी भइरहेको कार्यसमितिहरु बताउँछन् ।

जिल्लाको अधिवेशन सकिए लगत्तै प्रदेशको अधिवेशन साउनमा हुने जनाइएको छ । प्रदेशमा पनि अध्यक्ष लगायत अन्य पदको लागि आकांक्षीहरु धेरै रहेको बुझ्नमा आएको छ । धौलागिरी र गण्डकी अञ्चल मर्ज भएसँगै कार्यसमितिमा रहनेको संख्या बढी हुँदा चुनावनै हुने कार्यसमितिका सदस्यहरु बताउँछन् ।

गायक तथा एरेन्जर तारानाथ आचार्य कहाँ, कसरी जाने भन्ने सल्लाह भइरहेको बताउँछन् । ‘अहिले प्रतिष्ठानको कार्यसमिति भन्दा बाहिर छुँ । अब भने प्रतिष्ठानमा जाने रहर पलाएको छ,’ उनले भने ।
दोहोरी गीत प्रतिष्ठान साविकको गण्डकी अञ्चलका अध्यक्ष शंकरबिरही गुरुङपनि फेरी अध्यक्ष दोहोर्याउने तयारीमा छन् । ‘पहिला अञ्चल हुँदा अध्यक्ष भएर पूरा काम गर्न पाइएन । सर्वसम्मत भए पनि चुनाव भएपनि एकपटक फेरी अध्यक्ष हुने इच्छा छ,’ उनले भने ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान साविक धौलागिरी अञ्चलका बरिष्ठ उपाध्यक्ष रहेका कृष्ण अखेली पनि अध्यक्ष ध्याउन्नमा छन् । ‘लामो समय संस्थामा रहेर काम गरिरहेको छु । अब अञ्चल रहेको भएपनि पालो मेरो नै थियो,’ उनले भने, ‘अब प्रदेशको अध्यक्ष बन्ने तयारीमा जुटेको छु । जिल्लाका साथीहरुसँग भेटघाट कार्यक्रम भइरहेको छ ।’

त्यस्तै गण्डकी प्रदेशको सचिवालय सदस्य सिता केसी पनि अध्यक्ष बन्ने तयारीमा छन् । यसअघि साविकको गण्डकी अञ्चलको वरिष्ठ उपाध्यक्ष रहेकी केसी जुनसुकै अवस्थामा पनि अध्यक्ष बन्ने बताउँछिन् । ‘अग्रज तथा साधारण सदस्यसँग सरसल्लाह लिएको छु । कसैले हट भनेपनि हट्ने छैन,’ उनले भनिन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.