www.tandavnews.com
Fact ~ In search of truth

स्याङजा भिरकोटमा गाई संरक्षण गर्न गौशाला

स्याङजा ।

 

स्याङ्जाको भिरकोट नगरपालिकाले राष्ट्रिय जनावर गाई संरक्षणका लागि गौशाला सञ्चालनमा ल्याएको छ ।

नगरपालिका क्षेत्रभित्र छाडा अवस्थामा रहेका गाईको संरक्षणका लागि वडा नं ४ दभुङमा १५ वर्षका लागि जग्गा भाडामा लिएर गौशाला सञ्चालन गरेको नगर प्रमुख छायाराम खनालले बताए ।

Batas

“नेपालको राष्ट्रिय जनावरका रुपमा चित्रित गाईलाई आफ्नो परम्पराअनुसार पुज्ने गरिन्थ्यो”, नगर प्रमुख खनालले भने, “तर पछिल्लो समय त्यही गाईको हेला भएको छ ।”

राष्ट्रिय जनावरका रुपमा रहेको गाईको संरक्षण गर्ने र शहर बजार तथा बालीनाली भएका जग्गामा छोडिएका छोडुवा गाईको उचित व्यवस्थापन गर्नका लागि गौशाला सञ्चालन गरिएको नगर प्रमुख खनालको भनाइ छ ।

स्थानीय नवदत्त ढुङ्गानाको नाममा रहेको दुई रोपनी जग्गामा अहिले गौशाला निर्माण भएको छ भने गाईका लागि आवश्यक घाँसपात गर्न झण्डै ३० रोपनी जग्गा पनि निःशुल्क लिजमा लिइएको छ ।

भिरकोट नगरपालिकाभित्रका बजार क्षेत्रमा छोडुवा गाईको कारणबाट हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि गौशाला निर्माण गरी गाईपालनलाई व्यवस्थित गरिएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए।

नगरपालिकाले हाललाई ५० वटा क्षमताको गौशाला सञ्चालन गरेको छ । “गौशाला सञ्चालनमा आएसँगै अब छोडुवा गाईका कारण बालीनाली नष्ट भयो वा सडकमा सवारी सञ्चालन गर्न असजिलो भयो भन्ने गुनासो आउने छैन”, नगर प्रमुख खनालले भने, “अझै यसलाई व्यवस्थित गर्दै लैजाने तयारीमा भिरकोट नगरपालिका रहेको छ ।”

गाईको मलमूत्रलाई औषधि तथा मलका रुपमा पनि प्रयोग गर्न सकिने भएकाले अब छिट्टै गहुँत सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा नगरपालिका रहेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.